वृद्धाभत्ताबारे प्रधानमन्त्रीको इच्छा पूरा हुँदै, कार्यक्रमहरु छरेर तयार भयो बजेट
काठमाडौं,जेठ १४ । आगामी आर्थिक वर्षको बजेट भोलि संयुक्त सदनमा सार्वजनिक हुँदै छ ।
संघीय सरकारले संविधानमा भएको व्यवस्थाअनुसार जेठ १५ गते बजेट सार्वजनिक गर्न लागेको हो।
अर्थमन्त्री जनार्दन शर्माले एक समिति नै बनाएर गत चैत सुरुदेखि नै बजेट निर्माण कार्य थालनी गरेका थिए। यद्यपि अर्थमन्त्री शर्माले बजेट कार्यक्रम तयार गरेका छन् ।
अर्थ मन्त्रालयले तयार गरेको बजेट वितरणमुखी हुने देखिएको छ। यसमा केही लोकप्रिय निर्णय गर्दै कार्यक्रम छरेर बजेट विनियोजन हुने देखिएको छ। बजेटमा सामाजिक सुरक्षा भत्ता विशेष निर्णय गर्ने बुझिएको छ। सामाजिक सुरक्षा भत्तामा उमेर हद समेत घटाउने तयारी गरिएको बताइएको छ ।