किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिइने



काठमाडौं,जेठ १० । सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिने भएको छ।

मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारकाे वार्षिक नीति तथा कार्यक्रम २०७९/०८० प्रस्तुत गर्दै किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरद्ध खोप दिने जानकारी दिएकी हुन् । 

नीति तथा कार्यक्रममा सबै स्थानीय तहका स्वास्थ्य संस्थामा ४० वर्षमाथिका नागरिकलाई वर्षको एकपटक आधारभूत प्रयोगशाला परीक्षण र महिलामा हुने पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रिनिङ सेवा सञ्चालन गरिने, स्तन क्यान्सर निदान एवं उपचारलाई सहज र सुलभ बनाउन विशेष कार्यक्रम ल्याइएको राष्ट्रपति भण्डारीले जानकारी दिइन ।

प्रतिक्रिया दिनुहोस्