नुवाकोट पञ्चकन्यामा मनोसामाजिक स्वास्थ्य समस्यामा परेकाको निशुल्क उपचार सेवा
नुवाकोट,जेठ ९ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा मनोसामाजिक समस्यामा परेका नागरिकको निशुल्क उपचार सेवा हुँदै आइरहेको छ ।
यही आउदो शुक्रबार पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ को भद्रुटार स्वास्थ्य चौकीमा मानसिक स्वास्थ बहिरंग सेवा बाट स्वास्थ्य परिक्षण गरिने तयारी गरिएको गाउँपालिकासंग सहजीकरण गरिरहेको संस्था कोशिश नेपालले जनाएको छ ।
चिन्ता लाग्ने, टाउको वा अन्य शरीरका भाग दुख्नु, मर्न मन लाग्ने, निन्द्रा नलाग्ने, हातखुट्टा झम्झमाउने जस्ता लक्षण देखिएका सबैलाई यही जेठ १३ गते शुक्रबार भद्रुटार अस्पतालमा उपचार गरिने कोसिस नेपालका निशा सिटौलाले बताइन् । सो सेवामा सहभागी भइ स्वास्थ्य उपचार गर्नु हुन सबैलाई जानकारी गराइएको छ । मनोसामाजिक डाक्टर दिपक कुवरले स्वास्थ्य परिक्षण गरिने संस्थाले जनाएको छ ।