पाल्पामा एमाले ६, कांग्रेस तीन र माओवादी एक पालिकामा विजय
पाल्पा,जेठ का १० स्थानीय तहहरू मध्ये ६ पालिकामा नेकपा एमाले विजयी भएकाे छ । जिल्लाकाे ३ पालिका प्रमुखमा नेपाली कांग्रेस र एक पालिका प्रमुखमा नेकपा माओवादि जितेकाे छ भने नेकपा समाजवादी भने नतिजा विहिन भएकाे छ ।
पाल्पाकाे निस्दी गाउँपालिका , पूर्वखाेला गाउँपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिका र वगनासकाली गाउँपालिकाकाे प्रमुख तथा उपप्रमुख पदमा नेकपा एमाले विजयी भएकाे हाे । तिनाउँ गाउँपालिकाकाे अध्यक्षमा नेकपा एमालेका उम्मेदवार र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।
त्यस्तै तानसेन नगरपालिका, रामपुर नगरपालिका र रैनादेवी छहरा गाउपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । रिब्दीकाेट गाउँपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।भने रामपुर नगरको मेयर उपमेयर पनि नेपाली काङ्ग्रेस कै पोल्टामा परेको छ। तानसेनकाे नगर उपप्रमुख र रैनादेवी छहरा गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएकाे हाे ।