नुवाकोट शिवपुरीका सत्तरी वर्ष नाघेका वृद्धवृद्धाको निशुल्क उपचार गराउछौ -अध्यक्ष थपलिया



नुवाकोट,जेठ ७ । जिल्लाको शिवपुरी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गोविन्दप्रसाद थपलियाले शिवपुरी सेवा क्षेत्रका वृद्धवृद्धाको निशुल्क स्वास्थ्य परिक्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शुक्रबार गाउँपालिकाको कार्यालय सेराबगरमा आयोजित पदभार ग्रहण कार्यक्रममा पद सम्हाल्दै नेता थपलियाले ७० वर्ष नाघेका नागरिकको स्वास्थ्य परिक्षण र औसधिको व्यवस्थापन गाउँपालिकाले गर्ने बताएका छन् ।

त्यस्तै अध्यक्ष थपलियाले सेवा क्षेत्रका सबै सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम समावेश गरि पठनपाठनमा नयाँ आयाम थप्ने बताए ।

त्यस्तै पदभार ग्रहणका क्रममा गाउँपालिकाका विभिन्न क्षेत्रमा बालबालिकाको मनोभावना अनुसार शैक्षिक अवस्था उकास्न प्रयत्न गर्ने र बालबालिकाको प्रगति विवरण युक्त फोटो गाउँपालिकामा राखिने अध्यक्ष थपलियाले प्रतिज्ञा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्