भाान्सामा विदेशी सामान आयात गरेर पकाउछौ, खाने बेलामा कृषि प्रधान देशको कुरा गर्छौ : गगन थापा
काठमाडौं,जेठ ७ । नेपाली कांग्रेसका सांसद गगन थापाले नेपाल मान्छे बेच्ने र मालसामान किन्ने देश भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभामा बोल्दै थापाले।कृषिप्रधान देश भएर कृषि उत्पादन आयात गर्नुपरेको उल्लेख गर्दै आयातलाई घटाउनुपर्ने बताउनुभयो । उनले भने – ‘हामीले लगाउने लत्ता कपडादेखि भान्सामा चाहिने सबैकुरा हामी किन्छौँ । किन्नका लागि हाम्रा केटाकेटी बहिर पठाउँछौ । उनले पठाएको पैसाबाट किन्छौँ । नेपाल बास्तवमा भन्ने हो भने मान्छे बेच्ने, मालसामान किन्ने देश भएको छ । त्यतिमा हाम्रो घरधन्दा चलेको छ । हाम्रो भान्सामा पाक्ने सबै कुराहरु विदेशबाट आएर साँझ हामी कृषिप्रधान देश भनेर बस्ने हाम्रो अवस्था छ ।’
उनले नेपाली उद्योग प्रवद्र्धन गर्ने गरी बजेटको व्यवस्था गर्न अर्थमन्त्रीलाई आग्रह समेत गरे । नेकपा (एमाले)का सांसद राजेन्द्रप्रसाद गौतमले अर्थमन्त्रीले प्रस्तुत गरेको विनियोजन विधेयकको सिद्धान्त स्पष्ट नभएको पनि बताए ।
अर्थतन्त्रमा तस्करीतन्त्र बढेको र पूँजी पलायन भइरहेको उनले उल्लेख गरे । उनले भने – ‘यो विनियोजन विधेयकको सिद्धान्त पनि स्पष्ट छैन । बाटो पनि स्पष्ट छैन, कुन बाटो हिड्ने हो । प्रधानमन्त्रीजीको बजेट सिद्धान्त, नीति, कार्यक्रम र अर्थमन्त्रीजीको बजेट सिद्धान्त, नीतिमा नै आधारभुत रुपमा मत भिन्नता, विपरित सिद्धान्तको जगमा उभिएको छ । त्यसैले प्रस्तुत प्राथमिकता र सिद्धान्तहरु सुस्पष्ट छैनन् भन्ने मेरो आफ्नो भनाई छ । अर्थतन्त्रमा तस्करी तन्त्र बढेको । पुँजि पलायन भएको । र कालो पुँजिलाई कानूनी बनाउने काम भएको अवस्था छ ।’