वडा नम्बर १० मा बालेनलाई ४२ प्रतिशत भोट, स्थापित १५ प्रतिशतमा सीमित !
काठमाडौं,जेठ् ७ । स्तन्त्र उम्मेदवार बालेन साहले महानगरको १० नम्बर वडाको मतगणना शुरु हुँदा ४२ प्रतिशत मत प्राप्त गरेका छन् ।
वडा नम्बर १० बानेश्वर क्षेत्रमा पर्छ । उक्त क्षेत्रका मतदाताहरू दलगत रुपमा त्यति धेरै खुलेको पाइँदैन । व्यक्ति हेरेर भोट दिने छवी बनाएका मतदाताले बालेनलाई ४२ प्रतिशतसम्म भोट दिएका छन् ।
पहिलो १०० भोट गन्दा बालेनले ४२, सिर्जनाले २१ र स्थापितले १५ भोट पाएका छन् ।
साहले अहिलेसम्म ३० हजर ८५८ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार केशव स्थापितले १६ हजार ३३७ र कांग्रेस उम्मेदवार सिर्जना सिंहले १५ हजार ९६० मत पाएकी छन् ।
बालेनको अग्रता १४ हजार ५२१ पुगेको छ ।