देशैभर नेपाली कांग्रेस २९० स्थानमा बिजय, एमालेले १७९ स्थानमा जित हासिल गर्दा माओवादी १११ मा सिमित



काठमाडौं,जेठ ६ । देश अहिले चुनावी माहोलमा रहेको छ । देशभर बैशाख ३० गते स्थानिय तहको निर्वाचन सम्पन्न भएसँगै कति ठाउँमा नतिजा आएर विजय उत्सव बनाइरहेका छन् भने कयौं स्थानमा मतगणना जारी रहेको छ ।

हालसम्म आएको नतिजामा नेपाली काग्रेसको अग्रता कायम गरेको छ । देशका कयौं पालिमा सत्तापक्षिय गठबन्धनले गर्दा नेकपा एमालेले भने अपेक्षा अनुरुप नजिता ल्याउन सकेको छैन । नेकपा एमालेबाट फुटेको ए समाजवादीका कारण एमालेको भोट काटिए पनि ५ दलिय गठबन्धनसँग एमालेको उक्त नजितालाई दरिलो नै मान्नु पर्ने देखिन्छ ।

आजसम्म ६४६ पालिकाको मतपरिणम आइसकको छ । अहिले देशभरको नजिता हेर्दा नेपाली काग्रेंस पहिलो रहेको छ भने नेकपा एमाले र माओवादी क्रमश दोस्रो र तेस्रो रहेका छन् । एमालेबाट छुटिएर अलग भएको ए समाजवादीले भने नराम्रा हार बेहोरेको छ । उक्त पाटी अहिले ५औं स्थानमा रहेको छ ।

देशभर नेपाली कागे्रसले मेयरमा २९० पालिकामा जित हासिल गरेका छ भने ३६ स्थानमा आजै अग्र स्थानमा रहेको छ । नेपाली कागे्रसलाई पछ्याउदै नेकपा एमालेले १७९ स्थानमा जित हासिल गर्दा १८ स्थानमा भने अग्रता कायम गरेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको माओवादीले १११ स्थानमा जित हासिल गरेको छ भने १२ स्थानमा अग्रता कायम गरेको छ । ए समाजवादी पार्टीले १४ ठाउँमा जित ५ ठाउँमा अग्रता, जनता समाजवादी पार्टीले २० स्थानमा जित १४ स्थानमा अग्र स्थान र स्वतन्त्र लगायत अन्य गरेर २५ ठाउँमा जित र ८ ठाउँमा अग्र स्थान र लोकतान्त्रीत समाजवादी पार्टी ७ ठाउँमा जित ८ स्थानमा अग्रता कायम गरेको छ ।

उममेयरमा समेत नेपाली कागे्रस २६३ स्थानमा जित ३८ स्थानमा अग्रता, एमालले २०१ स्थानमा जित ३० स्थानमा अग्रता, माओवादीले ११९ स्थानमा जित ८ स्थानमा अग्रता, ए समाजवादीले २१ स्थानमा जित २ स्थानमा अग्रता, जनता समाजवादी पार्टीले २१ स्थानमा जित १३ स्थानमा अग्रता, अन्य स्वतन्त्र लगायत अन्य उम्मेवारल १५ ठाउँमा जित ३ ठाउँमा अग्रता र लोकतान्त्रिक समाजवादी पाटीले ७ ठाउँमा जित ६ ठाउँमा अग्र स्थान कायम गरेको छ ।

उक्त नतिजालाई हेर्न हो भने नेपाली कागे्रस पहिलो पार्टी हुन निश्चत रहेको छ । ५ दलिय गठबन्धनसँगको एक्लो प्रतिस्पर्धी दोस्रो स्थान हासिल गर्नुलाई उत्कृष्ट नतिजा मान्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्