विदुरको मेयरमा गठबन्धनका राजन श्रेष्ठ विजयी
नुवाकोट,जेठ ६ । जिल्लाको विदुर नगरपालिकाको मेयरमा गठबन्धन दलका साझा उम्मेद्धवार कांग्रेसका राजन श्रेष्ठ विजयी भएका छन् ।
मेयरमा विजयी भएका श्रेष्ठले झण्डै ३ हजार मतसहित एमालेका उम्मेद्धवार सञ्जु पण्डितलाई पराजित गरेका हुन् ।
एमालेको गढको रुपमा रहेको विदुर नगरपालिकाको किल्ला भत्काउन गठबन्धन दलका साझा उम्मेद्धवारह श्रेष्ठ सफल भएका हुन् । विदुर नगरपालिकामा लगातार एमालेले नेतृत्व गरेपछि एमालेको गढ भत्काउन विदुर नगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीले गठबन्धन गरेका थियोे ।