नेपाल र भारतबीच ६ समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं, २ जेठ । नेपाल र भारतबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा उक्त समझदारीपत्रका हस्ताक्षर भएको हो ।
हस्ताक्षर भएका समझदारीमा लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतको आइसीसीआरबीच डा. अम्बेडकर चेयर फर बुद्धिष्ट स्टिडिजको स्थापना, त्रीभुवन विश्वविद्यालयको सीनास र काठमाडौं विश्वविद्यालयसँग आइसीसीआर चेयर अफ इन्डियन स्टडिजको स्थापना रहेको छ ।
यसैगरी, काठमाडौं विश्वविद्यालय र आइआइटी मद्रासबीच बीच पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौं विश्वविद्यालय र आइआइटीबीच संयुक्त स्तातकोत्तर तहको अध्यापनको पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यसैगरी, नेपाल विद्युत प्राधिकरण र भारतको सतलज निगमबीच अरुण चौंथो आयोजना निर्माणको पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।