भरतपुरमा कडा प्रतिस्पर्धा, रेनुलाई पछाडि पार्दै विजय
काठमाडौं,जेठ २ । भरतपुर महानगरपालिकामा एमालेका विजय सुवेदीले अग्रता लिएका छन् ।
सुवेदीले ३ हजार ७५ मत पाएका छन् । उनलाई पछ्याइरहेकी माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ४६ मत पाएकी छन् ।
मतगणनाको सुरुवातदेखि नै उनीहरूबीच प्रतिस्पर्धा चलिरहेको छ। अहिले सुवेदीले २९ मतको अग्रता बनाएका छन् ।