दुप्चेश्वरमा ५ हजार ७ सय ७० मत गणना गर्दा माओवादीको अग्रता कायमै



नुवाकोट,जेठ १ । नुवाकोटको दुप्चेश्वरमा मतगणना कार्य जारी छ । दुप्चेश्वर गाउँपालिका वडा न १ र २ मा मत गणना कार्य सम्पन्न भएको र हाल ३ र ४ मा गणना भैरहेको बताइएको छ । जस अन्तर्गत वडा न १ को १७९० , २ को १७८० , ३ को १२०० र ४ को १००० मत गन्दा ५७७० मत को गणना भएको छ ।

समग्र ५७७० मत गन्दा नेपाली काङ्रेस का अध्यक्ष पदका उम्मेद्वार पुर्ण तामाङले १९०५ मत , माओवादीका शंकर थापाले २२७१ मत ल्याएका छन भने एमालेका योबिन्द्र सिह तामाङले १२५५ मत ल्याएका छन ।

यस्तै उपाध्यक्ष पदमा कांग्रेसको अन्जु आचार्यको १९३२ मत , माओबादी केन्द्रको माकुरी तामाङको २३३८ मत र एमालेको सरस्वति थापा खडकाको १०४४ मत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्