नुवाकोट पञ्चकन्या वडा नम्बर ३ मतगणना जारी: माओवादीलाई मिल्यो राहत



नुवाकोट,जेठ १ । जिल्लाको पन्चकन्या गाउँपालिकामा निरन्तर मतगणना जारी रहेको छ । सो मतगणनाको नयाँ विवरण अनुसार ३ नम्बर वडामा ३०० मतगणना गर्दा माओवादी केन्द्रलाई केहि राहत मिलेको छ ।

निरन्तर उकालो लाग्दै गरेको काङ्ग्रेसका गाउँपालिका अध्यक्ष पदका उम्मेदवार माधबप्रसाद खनालको मत र माओवादी केन्द्रका तेजबहादुर तामाङको मतमा केहि अङ्क घटाउन तामाङलाई सहज भएको छ ।

पछिल्लो वडा नम्बर ३ को प्राप्त मत विवरण अनुसार माओवादी केन्द्रका अध्यक्ष तामाङलाई १३४ मत हात लागेको छ भने काङ्ग्रेसका पालिका अध्यक्ष खनालले ९१ मत प्राप्त गरेका छन् ।

त्यस्तै माओवादी केन्द्रको उपाध्यक्ष उम्मेदवारलाई १०७ मत, काङ्ग्रेस उपाध्यक्ष उम्मेदवारलाई १०४ मत, नेकपा एमालेका अध्यक्ष उम्मेदवार यमबहादुर थापाले ३८, सोही पार्टीका उपाध्यक्ष उमेदवारले ३८ मत र वडाध्यक्ष उम्मेदवारले १७ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्