नुवाकोट पञ्चकन्या काङ्ग्रेस- माओवादी टक्कर, काङ्ग्रेस सभापति महतको संयमित रहन आग्रह
नुवाकोट, जेठ १ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा वडा नम्बर २ पन्चकन्याको मत गणनाको नयाँ विवरण प्राप्त भएको छ ।
पञ्चकन्याको वडा नम्बर २ को १४१८ मत गणना गर्दा नेपाली काङ्ग्रेसका अध्यक्ष पदका उम्मेदवार माधब प्रसाद खनालले ७८५ मत प्राप्त गरेका छन् । उपाध्यक्ष पदमा ७ सय ६ मत प्राप्त भएको छ ।
त्यस्तै माओवादी केन्द्र्का अध्यक्ष तेजबहादुर तामाङले ३ सय ८९ मत प्राप्त गरेका छन् । उपप्रमुखले भने ३२४ मत हासिल गरेका छन् ।
काङ्ग्रेस नेता महतको संयमित रहन आग्रह
नेपाली काङ्ग्रेस नुवाकोटका जिल्ला सभापति रमेशकुमार महतले सबैलाई संयमिता अपनाउन आग्रह गरेका छन् ।
महतले निर्वाचन राजनीतिक दलहरुले जनमत लिने प्रक्रिया भएकाले हार तथा जीतमा उत्तेजित नहुन आग्रह गरेका छन् । उनले पञ्चकन्याको चुनाव प्रचारप्रसार देखि मतगणना सम्म आईपुग्दा माओवादी केन्द्र पञ्चकन्याको ओभरअल गतिविधि देखिएको टिप्पणी गरेका छन् । महतले सामाजिक संजाल फेसबुकमा लेखेका छन् – ‘हेर्दा बलको राजनीति बढ़ी नै देखियो, संयमित भएर जनताको अभिमतलाई स्विकार्नु तयार रहनुपर्छ ।’