नुवाकोट पञ्चकन्यामा काङ्ग्रेस-माओवादी टक्कर: नेता खनालको निरन्तर अग्रता कायमै
नुवाकोट, जेठ १ । जिल्लाको पञ्चकन्या गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद खनाल निरन्तर अग्रता कायम गर्दै अगाडि बढेका छन् ।
काङ्ग्रेस किल्लाको रुपमा रहेको कबिलासबाट अध्यक्ष उम्मेदवार खनालले आधाजसो मत गन्दा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार तेजबहादुर तामाङ अप्ठ्यारोमा पर्दै अगाडि बढेका छन् ।
काङ्ग्रेस नेता खनालले १ हजार ३०६ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने झन्डै ४ सय मतान्तरले पछि पर्दै माओवादी केन्द्रका तामाङ ९१२ मत प्राप्त गर्दै अगाडि बढेका छन् ।
पञ्चकन्या गाउँपालिका वडा नम्बर २ मा २ हजार ८१० मत खसेको छ । जसमा १४ सय १८ मतगणना हुँदा खनाल ७८५ र तामाङले ३८९ मत पाएका छन् ।