विदुर नगरपालिका १ मा पुनः एमालेका लेनिन बिजयी
नुवाकोट,जेठ १ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका उम्मेदबार लेनिन रञ्जित विजयी हुनुभएको छ ।
३६ मत गणना हुन बाँकी रहदा नेपाली काँग्रेसबाट उम्मेदबार बन्नुभएका शंकर पाण्डले ४ सय ७६ र रञ्जितले ६ सय ७२ मत प्राप्त गर्नुभएको छ ।
बाँकी रहेको ३० मत गणना हुदा समेत रञ्जितको जित सुनिष्चित भैसकेको छ । यसअघिको २०७४ निर्बाचनमा पनि नेकपा एमालेबाट रञ्जित नै बिजयी भएका थिए ।