काठमाडौंमा बालेनको निरन्तर अग्रता



काठमाडौं,जेठ १ । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन्।

तीन हजार ७२७ मत गणना हुँदा शाहले १ हजार २२८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी एमालेका केशव स्थापितले ८७८ मत पाएका छन्। स्थापित शाहभन्दा ३७६ मतले पछाडि छन्।

त्यस्तै नेपाली कांग्रेसबाट गठबन्धनको उमेदवार सिर्जना सिंहले ७१९ मत प्राप्त गरेकी छन्। उपमेयरकी उम्मेदवार सुनिता डंगोलले पनि १२ सयभन्दा बढी मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्