चैत मसान्तसम्ममा २३२ उद्योग दर्ता



काठमाडौं,वैशाख २९ । चालू आवको चैत मसान्तसम्ममा २३२ उद्योग दर्ता भएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उक्त संख्या बढी हो । गत आवको सोही अवधिमा १६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका उद्योग विभागको तथ्यांक छ ।

हालसम्म ८ हजार ६८७ उद्योग दर्ता भएको उद्योग विभागले जानकारी दिएको छ । आव २०७८/७९ को ९ महीनाको अवधिमा ६७ ठूला, ८२ मझौला र ८३ साना उद्योग दर्ता भएका हुन् । गत आवको सोही अवधिमा ३३ ठूला, ४० मझौला र ९६ साना उद्योग दर्ता भएका थिए । विभागका महानिर्देशक रामचन्द्र तिवारीले हालसम्म १ हजार २८१ ठूला, एक हजार ९९१ मझौला र पाँच हजार ४१५ साना उद्योग दर्ता भएको जानकारी दिए ।

औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार रू. १५ करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई साना, रू. १५ देखि ५० करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई मझौला र रू. ५० करोडभन्दा बढी स्थिर पूँजी भएका उद्योगलाई ठूला उद्योग मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्