स्थानीय निर्वाचन : आचारसंहिता पालना र निगरानीमा आयोगको जोड



काठमाडौं,वैशाख २८। यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विवादरहित र स्वतन्त्र ढंगले सम्पन्न गराउन निर्वाचन आयोगले विभिन्न रणनीति तय गरेको छ । सोही क्रममा आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गरिरहेको भने निगरानी चुस्त बनाउन मत गणनास्थस्थलमा अनिवार्य रूपमा क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) राख्नुपर्ने व्यवस्था गरेको छ ।   

आयोगले ७५३ ओटै स्थानीय तहको मतगणना स्थलमा अवाञ्छित गतिविधि रोक्ने र विवाद कम गर्ने उद्देश्यले सीसीटीभी राख्न यस अघि नै निर्देशन दिइसकेको थियो । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागि समेत यो उपयोगी हुनेछ ।

सो प्रयोजनका लागि आयोगले नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्