सार्वजनिक बिदामा काम गर्ने कर्मचारीलाई सट्टा बिदा



काठमाडौं,वैशाख २७ । गृह मन्त्रालयले सार्वजनिक बिदाका दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा उपलब्ध गराउने निर्णय गरेको छ ।

हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा यस किसिमबाट कर्मचारीको व्यवस्थापन गरिने मन्त्रालयले जनाएको छ ।

सरकारले परीक्षणको रुपमा आउँदो जेठ १ गतेदेखि हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्