पञ्चकन्याको सामाजिक सुरक्षा भत्ता कहाँ गयो? – नेता महत



नुवाकोट, वैशाख २५ । नेपाली काङ्ग्रेसका पार्टी प्रवक्ता तथा नेता डाक्टर प्रकाशशरण महतले पञ्चकन्याको सामाजिक सुरक्षाभत्ता बारे प्रश्न उठाएका छन् ।

आइतबार साँझ पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ स्थित बुढिसेरामा पार्टी कार्यकर्ताको घरदैलो कार्यक्रमको चुनावी सभालाई सम्बोधन गर्दै राजनीतिक तवरले जनप्रतिनिधिको आडमा रहेर सामाजिक सुरक्षा भत्ता गुमनाम बनाइएको नेता महतले बताए ।’स्थानीय सरकार नेतृत्वले सुरक्षा भत्ता हराउनु अत्यन्त लज्जास्पद भयो’,नेता महतले भने- ‘अब काङ्ग्रेसको जीतसंगै नयाँ नेतृत्वले नागरिकको सुरक्षा दिलाउने छ ।’

चुनावी कार्यक्रम सम्बोधनका क्रममा उनले पार्टीका विभिन्न अन्तर विरोधहरु हटाएर आगामी दिनमा अगाडि बढ्नुपर्ने जोड दिए । वैशाख ३० को निर्वाचन पश्चात् काङ्ग्रेस नेतृत्वले पञ्चकन्याको लाकुरी भञ्ज्याङबाट जनताको सेवा गर्ने बताए । कार्यक्रममा सहभागीहरुले पार्टी भित्रको अन्तर कलह हटाई एकजुट हुनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्