सर्लाही घरदैलो कार्यक्रममा ‘सगुन’ खाँदा उम्मेदवारहरु बिरामी
काठमाडौँ,वैशाख २५ । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ११ का उम्मेदवार सहित ३ जना गाउँलेले दिएको ‘सगुन’ खाँदा बिरामी परेका छन् ।
निर्वाचन प्रचारप्रसारका क्रममा रहेका माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार शेष इस्तिहार सहित ३ जना बिरामी भएका हुन् ।
भोट माग्दै जाँदा हरिवनका गाउँका स्थानीयहरुले उम्मेदवारसहितका निर्वाचन प्रचारप्रसारमा रहेका टोलीलाई ‘सगुन’ भन्दै खानेकुरा खान दिएका थिए ।