गुल्मी भुर्तुङ्गमा काँग्रेस छोडेर १७ जना एमाले प्रवेश



गुल्मी,वैशाख २५ । स्थानीय निर्बाचनको संघारमा नेपाली काँग्रेस कालीगण्डकी गाउँपालिका वडा बम्बर ७,भुर्तुङ्ग लाई ठुलो झड्का लागेको छ । नेकपा एमाले कालीगण्डकी ७,भुर्तुङ्ग वडा कमिटीले छापचौरमा आयोजना गरेको स्थानीय चुनाव विशेष आमसभा कार्यक्रममा लामो समय सम्म नेपाली काँग्रेसमा रहेर काम गरेका पूर्व क्षेत्रीय प्रतिनिधि नर बहादुर थापा कृयासिल सदस्य छमेन्द्र शाह,गोबर्धन शाह ,देबिदत्त आचार्य, गजाधर भट्टराई ,रामु छन्त्याल ,क्षेत्र बहादुर थापा,सरस्वती सुबेदि, बालेन्दु थापा, बिकाश थापा, सिमा सुबेदि , सन्दिप शाह, तेज बहादुर परियार ,लाल बहादुर सिङ्जाली ,लक्ष्मी पुरि, गालु थापा , कमल थापा ,बिजय खत्री सहित १७ जना काँग्रेसका कार्यकर्ता नेकपा एमाले प्रदेश सभासद कमल राज श्रेष्ठको हात बाट टिका ग्रहण गर्दै नेपाली काँग्रेस परित्याग गरि एमाले प्रवेश गरेका छन् ।

भुर्तुङ्गको अमराई नेपाली काँग्रेसको गढ क्षेत्र मानिन्छ यहि क्षेत्र बाट आज आधा दर्जन भन्दा बढि नेपाली काँग्रेस पार्टी परित्याग गरि एमाले प्रवेश गरेका छन् । कमल थापा ,क्षेत्र बहादुर थापा, गालु थापा, बालेन्दु थापा,बिकाश थापा बिजय खत्री रहेका छन् । स्थानीय सरकारले जनअपेक्षित काम नगरेकाले पार्टी परित्याग गर्न बाध्य भएको एक नव प्रबेसीले बताए ।

स्थानीय जनसमुदायको ब्यापक उपस्थितिमा कार्यक्रम संचालन गरिएको थियो उक्त कार्यक्रममा लुम्बिनी प्रदेश संसद कमलराज श्रेष्ठको प्रमुख आतिथ्य नेपाल कम्युनिस्ट पार्टि एमाले माओबादि केन्द्र कालीगण्डकी गाउँपालिका गुल्मी संयुक्त गठबन्धन बाट अध्यक्ष उम्मेदवार रामजी ढकाल र उपाध्यक्ष उम्मेदवार मञ्जु कुमारि दर्लामी मगरको विशिष्ट आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा नेकपा एमालेको तर्फ बाट वडा अध्यक्ष पदका उम्मेदवार घनश्याम थापा भुर्तुङ्ग काठमाडौ सम्पर्क समाजका अध्यक्ष दिपक शर्मा , अध्यक्ष उम्मेदवार रामजी ढकाल उपाध्यक्ष उम्मेदवार मन्जु कुमारि दर्लामि प्रमुख अतिथि कमल राज श्रेष्ठले सम्बोधन गरेका थिय ।उक्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष उम्मेदवार घनश्याम थापाले निर्बाचन बिजय पश्चात बिकृति बिसङ्गति रहित नमुना भुर्तुङ्ग निर्माण गर्ने प्रतिबद्धता जनाएका थिय ।

निर्बाचन बिजय पश्चात समानुपातिक सभ्य बिभेद रहित समाज निर्माण आर्थिक पार्दशीता, शुशासन दिगो बिकास ,समानुपातिक सभ्य ,बिभेद रहित समाज निर्माण ,भौतिक पूर्वाधार जवाफ देहिता शिक्षा स्वास्थ्य पर्यटन कृषि रोजगारी सडक शान्ति अमनचैन र दिगो बिकाश आगामी ५ वर्षमा समुन्नत जनमैत्री रुपान्तरित समाज बिकाशका पूर्वाधारलाई उचाईमा पुर्याउदै गौरब गर्न लायक कालीगण्डकी निर्माण गर्ने प्रतिबद्धता गठबन्धनका उम्मेदवार ढकाल र दर्लामिले ब्यक्त गरेका थिय ।

सम्बोधनकै क्रममा बोल्दै भुर्तुङ्गको हकमा घनश्याम थापाको बिकल्प नरहेको भुर्तुङ्ग काठमाडौ सम्पर्क समाजका अध्यक्ष दिपक शर्माले बताय । उनले भने “निर्बाचनको समयमा पैसाको चलखेल हुन सक्छ “यस्तो प्रलोभनमा नफस्न समुदायलाई आग्रह समेत गरे । प्रमुख अतिथिको रुपमा बोल्दै श्रेष्ठले नेकपा एमाले देस बिकास र स्वाभिमानको पक्षमा रहेको बताए ।आफ्नो गाउँ आफै बनाऔं सामाजिक सुरक्षा भत्ता जस्ता लोकप्रिय कार्यक्रम ल्याउने बुढेसकालको साहरा एमाले जस्तो पार्टीलाई स्थानीय तह निर्बाचनमा जनताले मतदान गरि एमाले पहिलो दल बन्ने समेत दाबि गरे ।

प्रतिक्रिया दिनुहोस्