२४ घण्टामा थप ११ जना संक्रमित थपिए
काठमाडौ,वैशाख २४ । पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय २० जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो। त्यसैगरी १२ सय ९६ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको छ।
२४ घण्टामा २१ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ । २४ घण्टामा ६९ हजार ६५६ जनाले खोप लगाएका छन् भने सक्रिय संक्रमितको संख्या २०५ जना रहेका छन्।