यसकारण चर्चामा छन्- कृष्णप्रसाद श्रेष्ठ



सन्धिखर्क, वैशाख २४ । अर्घाखाँची जिल्लाको पहिलो नगरपालिका सन्धिखर्कको चुनाव प्रति सबैको चासो बढेको छ । जिल्लामै चर्चित सामाजिक तथा राजनीतिक व्यक्तित्व कृष्णप्रसाद श्रेष्ठको उम्मेदवारीले सबैको ध्यान अहिले सन्धिखर्कको चुनावमा तानिएको हो ।

२०२६ साल असार १५ गते वुवा नन्दलाल श्रेष्ठ र आमा उमाकुमारी श्रेष्ठको कोख बाट सन्धिखर्क-२ चुत्रावेसी जन्मिएका श्रेष्ठ तीन भाइ मध्ये माईलो छोरा हुन् । उनका दुई बहिनी छन् । बुवा नन्दलाल श्रेष्ठ तत्कालीन किमडांडाको उपप्रधान थिए । सन्धिखर्कका प्रख्यात व्यापारी समेत रहेका उनले जनतालाई दुःख ,सुखमा बलियो साथ दिन्थे । कुनै समस्या आई पर्दा सबैले संझने श्रेष्ठ अहिले बृद्ध अबस्थामा पनि सामाजिक कामगर्न पाउँदा रमाउँछन् ।

आफ्ना वुवाको व्यबहार बाट प्रभावित कृष्णप्रसाद श्रेष्ठ बाल्यकाल देखि नै दानी स्वभावका थिए । उनले गरिब ,दिन दु:खी र अशक्त देख्नासाथ सहयोग गरिहाल्थे । घरमै पसल भएकाले उनलाई बाल्यकालमा पनि अभावको महसुस हुन पाएन । स्कुलले जिवनमा पनि उनले साथीहरूलाई धेरै सहयोग गर्ने गरेको उनका सहपाठीको भनाइ छ । उच्च शिक्षा अध्ययन गर्दागर्दै उनी पनि बुवा सँगै व्यापारमा लागे । व्यापारमा लागेपनि उनको ध्यान व्यापारमा भन्दा सामाजिक क्षेत्रमै बित्ने गर्थ्यो । उनले विभिन्न संघसंस्थामा बसेर निरन्तर समाजिक काम गरिरहे । सानो उमेरमै विष्णु पौडेल र प्रदिप ज्ञवालीको सम्पर्कमा रहेका उनले भित्र भित्रै पार्टीको काम पनि गर्ने गर्थे । धेरै संघसंस्थामा बसेर काम गरेपनि श्रेष्ठलाई वाहिरी दुनियाँमा चियाउने संस्था भने उद्योग बाणिज्य संघ नै थियो । उनले उद्योग वाणिाज्य संघमा बसेर करीब २५ बर्ष काम गरे । २०५३ सालमा अर्घाखाँची उद्योग वाणिज्य संघको उपाध्यक्ष भएका उनी २०६१ सालमा अध्यक्ष भए र निरन्तर २०७७ साल सम्म १६ बर्ष काम गरे ।

प्रतिक्रिया दिनुहोस्