राजनीतिक जीवनमा अत्यन्त सरल भद्रुटारका कृष्णप्रसाद पाण्डे
नुवाकोट,वैशाख २३ । नेपाली राजनीति, त्यो पनि सरल र सोझा प्रवृत्तिका ब्यक्ति। पत्याउनु भयो ? सायद पत्याउन मुस्किल भयो होला । तर नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ का कृष्णप्रसाद पाण्डे अत्यन्तै स्वच्छ तथा सरल स्वभावका ब्यक्ति हुन ।
सशस्त्र माओवादी जनयुद्ध ताका नै राजनीतिक जीवन सुरु गरेका पाण्डे जस्ता इमानदार कार्यकर्ता सायदै पाउन सकिएला । माओवादी केन्द्र भद्रुटारका एउटा खम्बाका रुपमा पाण्डे परिचित छन् ।
पाण्डेका जिन्दगी अनि उत्तराचढाबको पुलिन्दा यतिमा मात्र सिमित हुने कहाँ हो र? सुरु चरणदेखी कृष्णप्रसाद पाण्डे, केशव पाण्डे र राम प्रसाद पाण्डे जनयुद्धमा सहभागी भए,भाइ द्वय केशव पाण्डे र रामप्रसाद पाण्डेको द्वन्दमा तत्कालीन शाही सेनाले गोली हानी हत्या गरे । त्यसताका पाण्डे कमाण्डका कारण थानापति देखी तलाखु र भद्रुटारसम्म विद्रोहीले वर्ग दुष्मन र सुराकीका नाममा एक जनाको पनि हत्या भएन।
युद्धमा यस भेगले धन र जनको क्षति बेहोर्नु परेन । थानसिंहमा केशव र मकवानपुरको कार्यक्षेत्रवाट भद्रुटारमा आएका राम प्रसाद पाण्डेलाई अलग अलग मिलेर हत्या गर्यो। तीनै भाई युद्धमा होमिदा घरमा ८५ वर्षीय वृद्ध बुबा र विरामी श्रीमती साना वालवच्चाको रेखदेख र हेरचाहा गर्ने कोही नहने हुदा पार्टी र क्रान्तिलाई सहयोग गर्ने गरी ‘आत्मसमर्पण’ गरेको नाटक गरेर वैधानिकरुपमा घर वसेर वुढा वाउ विरामी श्रीमती र सिङ्गै परिवारको संमरक्षण गर्दै युद्धमा सकेको सहयोग पुर्याउन हामिले गरेको आग्रहलाई अस्विकार गरे।
म मर्छु आत्म समर्पण गर्दिन भनेर कृष्ण प्रसादले अडान लिए।शान्ति प्रकृया पछी मिल घट्ट संचालन गरि पार्टीमा योगदान गरिरहे। अहिले पञ्चकन्या ५ वाट माओवादी केन्द्रका तर्फवाट वडा अध्यक्षको उमेद्वार बनेका छन। यिनी सोझा छन, बोल्दा झड्याङगरेर रिसायको झै वोल्छन तर रिसायका चै हुदैनन,लप्पन छप्पन जान्दैनन।
कोही कसैलाई दुख दिदैनन । पर्दा/ सक्दा सहयोग नै गर्छन।पैसावालाहरु र ठेकदारहरुले लडने चुनाव खर्च गर्ने पैसा नभएका यिनी जनताको मायाले चुनाव जित्छु मलाई पैसा चाहिदैन भनि घर दैलो गरिरहेका छन।
हिजो अन्यायमा पर्दा केशव र यिनले धेरैलाई न्याय दिएका थिए। परिवारवाट दुई भाई शहिद बनेका र शहिद दाजु कृष्ण प्रसाद पाण्डेलाई जनयुद्धमा खुवाएर, लुकाएर तपाईहरुले दुसष्मन बाट जोगाए। बचाए । आज पार्टी भन्दा माथी उठी आफ्नो अमुल्य मतदान गरी विजयी गराउन पञ्चकन्या ५ भद्रुटारका सवै मतदाताको जिम्मामा परेको छ ।