निर्वाचन परिवर्तनकारी र प्रतिगमनबीचको लडाइँ हो : प्रचण्ड
काठमाडौं,वैशाख २३ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख ३० गते हुने स्थानीय निर्वाचन परिवर्तनकारी शक्ति र प्रतिगमनबीचको लडाइँ भएको बताएका छन् ।
शुक्रबार सत्ता गठबन्धनले काठमाडौंमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरदै उनले यस्तो बताएका हुन। देशमा अहिले दुई थरीको गठबन्धन रहेको उनको भनाइ छ। ‘‘एउटा संविधान, परिवर्तन र प्रगतिको पक्षको गठबन्धन र अर्को परिवर्तन विरोधी गठबन्धन छ’’, अध्यक्ष प्रचण्डले भने।
प्रचण्डले यो चुनावमा एउटा संघीयता विरोधी र अर्को संविधानको पक्षमा लडेको प्रगतिशील गठबन्धन बनेको प्रष्ट पारे । ‘‘यो आफ्नो कित्ता प्रतिगमन वा प्रगतिको पक्षमा फैसला गर्ने चुनाव हो। हँसिया हथौडा, रुख, कलम वा छातालाई हामी सबैले आत्मसात् गर्न सक्नुपर्छ’’, प्रचण्डले भने।