प्युठानमा चुनाव अवधिभर मदिरा निषेध



प्युठान,वैशाख २२ । स्थानीय तहको निर्वाचन अवधिभर प्युठानमा मदिरा विक्री वितरणमा निशेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय प्युठानमा बिहिबार बसेको सरोकारवालाको बैठकले वैशाख २७ गतेदेखि लागू हुने गरी प्युठानमा मदिराको कारोबारमा रोक लगाईएको हो ।

जिल्लाको शान्ति सुरक्षाको स्थितीलाई ख्याल गर्दै यहि बैशाख ३० गतेसम्म जिल्लाभर मदिरा पूर्णरुपमा निशेध गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो ।

चुनावी प्रचारप्रसारका क्रममा मदिरा सेवन गरी सामाजिक सद्भाव खलबल्याउने तथा निर्वाचन आचार सहिंताको उल्लंघनका घटना बढ्ने भएकोले मदिरा बिक्री वितरणमा पुर्ण रुपमा रोक लगाउने निर्णय गरिएको प्रजीअ नेपालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्