मतदाताको घर घरमा उम्मेदवार
हुम्ला, वैशाख २१ । स्थानीय तहको निर्वाचन हुन ९ दिन बाँकी हुँदा हुम्लाको सदरमुकाम सिमकोटमा सर्वसाधरणको चहलपहल निकै कम देखिएको छ । जिल्लामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको मात्रै चुनावी तालमेल भएको छ भने एमाले एक्लै चुनावमा होमिएपछि आसन्न निर्वाचनलाई चौतर्फीरुपमा चासोका साथ हेरिएको छ । यतिबेला जिल्लाको सातवटा गाउँपालिका चुनावी रौनकताले तातेको छ । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार आआफ्नो प्रतिवद्धतापत्र लिएर मतदाताका घरघरमा पुगिरहेका छन् ।
निकै चासोका रुपमा हेरिएको सिमकोट गाउँपालिकामा गठबन्धबाटै उपाध्यक्ष पदका लागि दिप बहादुर सिंहले स्वतन्त्र उम्मेदवारी दिएर यतिबेला चुनावी प्रचारमा होकिएका छन् । सिमकोट गठबन्धको बलियो पालिका मानिन्छ तर स्वतन्त्र उम्मेदवारले असर पर्ने आकलन गरिएको छ । यसैगरी गठबन्ध भित्रै वडा ५,६ र ७ सातमा स्वतन्त्र उम्मेदवारी परेको छ ।
यस्तै निर्वाचनमा दलहरुले गठबन्धन बनाउँदा प्रमुख पदमा नेकपा माओवादी केन्द्रका विजय भण्डारी र उपाध्यक्षमा नेपाली कांग्रेसका शुसिला रोकाया हुनुहुन्छ भने नेकपा नेकपा एमालेको तर्फबाट एमालेका अबिराम शाही अध्यक्ष र प्रतिमा लामा उपाध्यक्षमा चुनावी मैदानमा हुनुहुन्छ ।
गठबन्धका उम्मेदवारले सिमकोट गाउँपालिका वडा १ र २ ठेहेमा घरदैलो अभियान सम्पन्न गरेर वडा ३ बरगाउँमा पुगेको छ भने एमालेले वडा ७ डाडाफायाँ र ८ स्याडामा सम्पन्न गरेर बुधबार आज वडा ४ बुराउसेमा जाने तयारी थालेको छ । यतिबेला सिमकोट सहित सातवटै गाउँपालिकामा उम्मेदवार भोट माग्न व्यस्त देखिएका छन् । घरदैलो अभियानलाई तीब्र पारेर जति सक्दो मतदातालाई आफु तीर केन्द्रित पारिहरको छन् । जिल्लाको सिमकोट, नाम्खा, सर्केगाड, चंखेली, अदानचुली र ताँजकोट गाउँपालिकामा चुवानी माहोल तातेको छ । सिमकोटका उम्मेदवारले सिमकोटलाई नगरपालीका बनाउने योजना अघि सारेका छन् ।
यस्तै गठबन्धबाटै जिल्लाको दक्षिण भेगमा रहेको चंखेली र अदानचुली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । कांग्रेसबाटै चंखेलीमा अध्यक्ष पदका प्यारीला शाही र अदानचुलीमा लोकेन्द्र भण्डारी उपाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवार भएर चुनावमा उत्रेका हुन् ।
निवर्तमान अध्यक्ष दोस्रो कार्यकालका लागि चुनावी मैदानमा
वैशाख ३० हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्लाको दुुई जना अध्यक्ष दोस्रो कार्यकालका लागि चुनावी मैदानमा उत्रेका छन् । २०७४ सालमा अध्यक्ष बनेका दुई जना दोस्रो कार्यकालका लागि चुनावी मैदानमा उत्रेका हुन् । भने पाँचवटा गाउँपालिकामा नयाँ अनुसार चुनावी मैदामा उत्रेका छन् । जिल्लामा सातवटा गाउँपालिका रहेको छ ।
यसरी दोस्रो कार्यकालका लागि चुुनावी मैदानमा उत्रिएका अध्यक्षका उम्मेदवार कांग्रेसका तर्फबाट खार्पुनाथ गाउँपालिकाको अध्यक्षका लागि कर्णबहादुर रावल र अदानचुली गाउँपालिकाको अध्यक्षका लागि नेकपा एमालेबाट दलबहादुर फडेरा चुनावी मैदानमा उत्रिएका छन् । उनीहरू दुुवै जना ०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
यस्तै खार्पुनाथ र अदानचुलीबाहेक अन्य गाउँपालिका दलबाट नयाँ अनुुहार चुुनावी मैदानमा होमिएका छन् । पाँच वटा गाउँपालिकामध्ये गठबन्धन दलका तर्फबाट नयाँ अनुुहारमा नाम्खा गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट प्रेम लामा, सोही पार्टीको सिमकोट गाउँपालिकामा विजय भण्डारी, सर्केगार्ड गाउँपालिकामा कांग्रेसको तर्फबाट ठानबहादुर रोकाया, चंखेलीमा माओवादी केन्द्रबाट गोविन्द शाही, अदानचुली गाउँपालिकाबाट कांग्रेसका मोहनविक्रम सिंह र ताँजाकोट गाउँपालिकाका लागि लालकेश जैसी चुनावी मैदानमा उतारिएका छन् ।
यता, एमालेबाट सिमकोटमा महेन्द्रबहादुर शाही, खार्पुनाथमा प्रकाशबहादुर शाही, सर्केगार्ड गाउँपालिकामा ज्ञानी बुमी, चङ्खेलीमा बिमला शाही र ताँजाकोट गाउँपालिकामा अजमल बुढा नयाँ अनुहारका रूपमा मैदानमा उत्रिएका छन् ।
उम्मेदवारप्रति मतदाताको असन्तुष्टि
चुनावमा मत माग्न आउँदा गरेको बाचा अनुसार नेता कार्यकर्ताले निर्वाचित भएपछि काम गर्न नसकेका कारण मतदाताले कम चासोका देखाएका छन् । मत माग्न आउँदा जनसरोकारका सबै मुद्दा समाधान गरिदिने बाचा गर्छन् । निर्वाचित भएपछि यसलाई बिर्सन्छन् । अर्को निर्वाचनमा तिनै नेता, कार्यकर्ता उही बाचा लिएर जनताको घर दैलोमा पुग्छन् । यसले गर्दा जिल्लामा नेता प्रतिभन्दा आफ्नो जेठासी काम प्रति बढी लागि परेका छन् ।