मुस्लिम धर्मावलम्बीले इद-उल-फित्र पर्व मनाउँदै



काठमाडौं, बैशाख २० । मुस्लिम धर्मावलम्बीले आज इद उल फित्र पर्व मनाइरहेका छन । एक महिने रमजान पर्व समापन भएको अवसरमा मुस्लिम समुदायले विशेष नमाज पाठ गरी यो पर्व मनाउने गर्छन् ।

यो पर्व मनाएपछि गत चैत २० गतेदेखि सुरु भएको रमजान आज सम्पन्न हुँदैछ। इदको अर्थ खुसी मनाउनु भएको मुस्लिम जानकारहरू बताउँछन् ।

अरबी पात्रो हिजरी सम्वत्‍अनुसार दशौँ महिनाको पहिलो दिन देशभर मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउने गर्छन् । दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि ३ दिनसम्म आफूभन्दा ठूला बडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आर्शीवाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।

प्रतिक्रिया दिनुहोस्