चितवनमा सत्ता गठवन्धनको पाँचहजार एक सदस्यीय प्रचार प्रसार समिति
चितवन,वैशाख १७ । पाँच दलिय संयुक्त लोकतान्त्रीक गठवन्धनले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पाँच हजार एक सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ । गठवन्धनको आज बसेको बैठकले नेपाली काँग्रेस चितवनका उपसभापति राजिब न्यौपानेको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिको सदस्य सचिबमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सचिब दोर्णबाबु सिवाकोटी रहने गरी गठन गरिएको सो समितिमा सबै दलका जिल्ला, पालीका, क्षेत्र, प्रदेश सदस्यहरु रहने व्यवस्था गरिएको हो । समितिमा गठवन्धनका राजनैतिक दलहरुको भातृ तथा जनवर्गिय संगठनहरु रहने व्यवस्था समेत गरिएको छ ।
जिल्लाका सात पालिका, ९८ वडाहरुमा प्रचार प्रसार गर्ने उद्देश्यका साथ प्रचार प्रसार समिति गठन गरिएको नेपाली काँग्रेस चितवनका उपसभापति तथा प्रचार प्रसार समितिका संयोजक राजिब न्यौपानेले जानकारी दिए ।
यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि गठवन्धनले सबै पालिकामा तालमेल गरेर निर्वाचन लड्दै छ । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट रेनु दाहाल प्रमुख र नेपाली काँग्रेसका तर्फबाट नगर सभापति चित्रसेन अधिकारी उपप्रमुखको पदमा उम्मेदवार रहेका छन् । यस्तै अन्य ६ पालिका मध्ये चार पालिकामा काँग्रेसले प्रमुख पदमा उम्मेदवारी दिएको छ ।
यस्तै एक पालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी समाजबादीले प्रमुखमा उम्मेदवारी दिएको छ । माडी नगरपालिकामा माओवादी प्रमुख र काँग्रेसले उपप्रमुख पदमा निर्वाचन लड्दैछन् । वडा तह सम्म गठवन्धन गरेर निर्वाचनमा हुमिएको लोकतान्त्रीक गठवन्धनले प्रतिगमनको बिरुद्धमा एक भएल लड्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।