प्रि – बजेट छलफल : उद्योग मन्त्रालयले २५ हजार रोजगारी सृजना गर्ने कार्यक्रम ल्याउने
काठमाडौं,वैशाख १३ । अर्थ मन्त्रालयले प्रि – बजेट छलफलका क्रममा सामेवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेको छ ।
अर्थ मन्त्रालयमा आयोजित छलफलका क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/ ८० मा २५ हजार ४०० रोजगारी सृजना गर्ने गरी कार्यक्रम ल्याउने बताएको छ ।
उक्त छलफलमा उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडू, उद्योग सचिव अर्जुनप्रसाद पोख्रेल, वाणिज्य तथा आपूर्ती सचिव डा गणेशप्रसाद पाण्डेलगायतले बजेटमा मन्त्रालयको प्रस्ताव र अर्थको अपेक्षाबारे धारणा राखेका थिए । उद्योगले प्रस्तावित कार्यक्रमबाट २५ हजार ४०० जनालाई रोजगारी सृजना गर्ने लक्ष्य लिइएको जानकारी गराएको थियो ।
उक्त मन्त्रालयले नयाँ ठाउँमा विशेष औद्योगिक क्षेत्र स्थापना गर्नुपर्ने, भएका औद्योगिक क्षेत्रलाई मर्मत सम्भार गर्ने र पेट्रोलियम पाइपलाइन विस्तार गर्नेलगायत प्रस्ताव अर्थ मन्त्रालयसमक्ष गरेको छ ।
छलफलमा अर्थमन्त्री जनार्दन शर्माले निर्यात प्रतिस्थापन गर्न उत्पादन वृद्धि र रोजगारी सृजनाका कार्यक्रम थपेर ल्याउन आग्रह गरेका थिए ।
छलफलमा उद्योगमन्त्री बडूले निर्यात हुने वस्तुको उत्पादन वृद्धि गर्न सम्बन्धित मन्त्रालयको संयुक्त कार्यदल बनाएर काम गर्नुपर्ने प्रस्ताव गरेका थिए ।अर्थसचिव मधुकुमार मरासिनीले निर्यात भइरहेका र संभावना बोकेका वस्तुको सूची बनाइ उत्पादन वृद्धिको कार्यक्रम बनाउनुपर्ने बताए । आर्थिक अभियानबाट