‘भैंसी र रागो चिन्न सकिन, रागोले दुध दिएन’ भन्दै नुवाकोट एमालेका लोहनीले गरे पार्टी परित्याग



नुवाकोट,वैशाख १२ । नेकपा एमाले पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारका एमाले नेता सनतकुमार लोहनी (गोविन्द) ले पार्टी परित्याग गरेका छन् ।

लामो समयदेखि एमाले गाउँ कमिटीमा रहेका लोहनीले सोमबार एक विज्ञप्ती निकाल्दै पार्टी परित्यागको घोषणा गरेका हुन।

नेतृत्वले भैंसी र रागो चिन्न नसके बताउदै आफुले विगतमा पार्टीलाई दिलोज्यानले सहयोग गरेको र आसन्न चुनावी मैदानमा स्वतन्त्रबाट चुनाव उठ्ने बताएका छन । पार्टीप्रति जीवनभर गरेको योगदान सम्झदै भने- “मैले रागोबाट दुधको अपेक्षा गरेर आफुले धोका पाएको टिप्पणी गरे ।”

भद्रुटारको एमाले अध्यक्षमा राम थापालाई पार्टीले अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्