प्युठानका ९ मध्ये आठ वटा पालिकामा एमालेले टुंग्‍यायो उम्मेदवार



प्युठान,वैशाख ११ । नेकपा एमाले प्युठानले जिल्लाका ९ मध्ये आठ वटा स्थानीय तहका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ। प्युठान नगरपालिकाको प्रमुखमा विजय विराज बिस्ट र उपप्रमुखमा पवित्रा जिसिलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

त्यस्तै स्वर्गद्वारी नगरपालिकामा राम प्रसाद श्रेष्ठ नगरप्रमुख र गौरी वरापातिलाई उपप्रमुखमा उम्मेदवार बनाउने निर्णय गरिएको छ । त्यसैगरि सरुमारानी गाउँपालिका अध्यक्षमा झग वहादुर बिश्वकर्मा र उपाध्यक्षमा बसन्ता खड्का उम्मेदवार बन्ने भएका छन् । त्यस्तै माण्डवि गाउपालिकाको अध्यक्षका लागि श्रीधर रोका र उपाध्यक्षका लागि संझना घर्ति उम्मेदवार बन्ने भएका छन् ।

विश्वकर्मा र रोका २०७४ को स्थानीय निर्वाचनमा समेत अध्यक्षमा विजयी भएका थिए । दुवैजनालाई पार्टीले पुनः दोश्रो कार्याकालका लागि अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला सचिव माधव शर्माले जानकारी दिए ।

मल्लरानी गाउँपालिकामा अध्यक्षका लागि सुनिल शाहि र उपाध्यक्षमा इश्वरा आचार्य,नौबहिनि गाउँपालिकामा अध्यक्षका लागि डिल बहादुर थापा र उपाध्यक्षका लागि बिष्णु थापा केसी, गौमुखि गाउँपालिकाको अध्यक्षमा जुमानसिंह जिसि र उपाध्यक्षमा ज्ञानुमाया केसी उम्मेदवार बन्ने भएका छन्।

यस्तै ऐरावति गाउँपालिमा अध्यक्षका लागी श्याम बहादुर थापा र उपाध्यक्षका लागि कमलाकुमारी ज्ञवाली उम्मेदवार बन्ने भएका छन। एमाले सचिब शर्माका अनुसार झिमरुक गाउँपालिकामा उपाध्यक्षका लागि बिष्णु घर्तीको नाम टुङ्गो लागेको छ। आज साँझ सम्म अध्यक्षमा उठ्ने उम्मेदवारको नाम समेत टुङ्गो लागिसक्ने सचिब शर्माले बताए।

प्रतिक्रिया दिनुहोस्