विद्युतीय चुलोमा आकर्षण, ६० हजार इन्डक्सन र २१ हजार इन्फ्रारेड आयात
काठमाडौं,वैशाख ११। अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएपछि उपभोक्ताको आकर्षण विद्युतीय चुलोमा देखिएको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ९ महीनामा (साउन–चैत) ८१ हजार थान विद्युतीय चुलो आयात भएका छन् ।
उपभोक्तलाई खाना पकाउनका लागि ग्यास भन्दा विद्युतीय चुलोमा सस्तो पर्ने भएपनि उपभोक्ताको आकर्षण विद्युतीय चुलोमा बढेको हो । विभागका अनुसार ९ महीनामा ६० हजार इन्डक्सन र २१ हजार इन्फ्रारेड चुलो आयात भएका छन् ।
पछिल्लो समय ग्यास उपभोगले मुलुकको वैदेशिक व्यापार घाटा निरन्तर बढ्दै गएपछि सरकारले पनि विद्युतीय चुलोलाई प्रोत्साहन गरिरहेको छ । चैत मसान्तसम्म ५९ हजार ७०६ इन्डक्सन चुलो र २१ ह्जार ७७६ इन्फ्रारेड चुलो आयात भएको भन्सार विभागको तथ्यांक छ ।
विभागका अनुसार इन्डक्सन चुलो आयातका लागि १२ करोड ३७ लाख २६ हजार रुपैयाँ बाहिरिएको छ । इन्डक्सन चुलो आयातमार्फत सरकारले १ करोड ७५ लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
त्यस्तै ९ महीनामा इन्फ्रारेड चुलो आयातका लागि ४ करोठ ६८ लाख १४ हजार रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांक छ । विभागका अनुसार इन्फ्रारेड चुलोको आयातमार्फत सरकारले ६६ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक अभियानबाट