एकिकृत समाजवादीको घोषणापत्रः २ सय युनिट बिजुलीदेखि, खानेपानी निशुल्क
काठमाडौं,वैशाख ६ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले स्थानिय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी वैशाख ३० गतेका लागि अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
एकीकृत समाजवादीले घोषणापत्रको नारा जनमुखी स्थानीय सरकार विकास र समृद्धिको आधार दिएको छ । घोषणापत्रमा सर्वसाधारणलाई २ सय युनिटसम्म विजुली देखि खानेपानी निशुल्कको घोषणा गरेको छ । घोषणापत्रमा स्थानीय सरकारको बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य राख्ने पनि उल्लेख गरिएको छ ।
घोषणापत्रमा शिक्षा, घरेलु तथा ग्रामीण उद्योग, उद्यमशीलता विकास, हरेक वार्डमा बगैँचा (पार्क),हरेक पालिकामा सुविधासम्पन्न पुस्तकालय,सडक संजाल, जातीय विभेदको अनत्य, कला संस्कृतीको जर्गेना ,विपन्न वर्ग लक्षित कार्यक्रम लगायतका बिषयहरु समावेश गरिएको छ । यि लगायत ३७ वटा प्रतिबद्धता लिएर एकिकृत समाजवादी स्थानिय निर्वाचनमा होमिदैछ ।