आईओसीले पठायो पेट्रोलियम पदार्थको यस्तो नयाँ मूल्यसूची, पेट्रोल घट्यो डिजेल बढ्यो



काठमाडौं,वैशाख ६ । नेपाल आयल निगमलाई इण्डियन आयल कर्पोरेशन(आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

आयल निगमका अनुसार आईओसी वैशाख ३ गते पठाएको पछिल्लो मूल्यसूचीमा पेट्रोलको मूल्य घटेको छ भने डिजेलको मूल्य बढेको छ ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ दशमलव ७९ रुपैयाँ घटेको छ । यस्तै, डिजेलको मूल्य २ दशमलव २ रुपैयाँ र हवाई इन्धनको मूल्य ३८ पैसा बढेको  छ ।

योसँगै निगमलाई १५ दिनमा ३ अर्ब ७३ करोड ५३ लाख रुपैयाँ घाटा हुन्छ । यसअघि, पेट्रोलको खरीद लागत १८२ दशमलव ९८ रुपैयाँ थियो ।

अब प्रतिलिटर ४ दशमलव ७९ रुपैयाँ घटेपछि पेट्रोलको प्रतिलिटर खरीद लागत १७८ दशमलव १९ रुपैयाँ कायम भएको छ । यस्तै, यसअघि, प्रतिलिटर १७१ रुपैयाँ कायम रहेको डिजेलको मूल्य २ दशमलव २ रुपैयाँ बढेपछि अब १७३ दशमलव २ रुपैयाँ पुगेको छ ।

आयल निगमले अन्तरराष्ट्रिय बजारमा बढेको कच्चा तेलको मूल्यमा खासै कमी नआएको पनि प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्