स्थानीय तहको बाँडफाँट गर्ने जिम्मा कार्यदललाई
काठमाडौ,बैशाख ४ । स्थानीय तहको बाँडफाँट गर्ने जिम्मा कार्यदललाई दिइएको छ । स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले स्थानीय तहको बाँडफाँटबारे निर्णय गर्न कार्यदललाई जिम्मेवारी दिएको हो ।
आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
आइबार नै कार्यदलको बैठकले पदहरुको बाँडफाँट गर्ने भन्ने कुराकानी भएको छ ।
दिउँसो १ बजेपछि कार्यदलको बैठक बस्ने तय भएको छ। गठबन्धन दलका शीर्ष नेताहरुको बैठकमा अब कार्यदलले नै लगातार काम गर्ने सहमति पनि भएको छ ।