चितवन भरतपुरमा काङ्ग्रेसबाटै मेयरमा २५ र उपमेयरमा २४ जना आकांक्षी



चितवन,चैत २८ ।  नेपाली काङ्ग्रेस माहनगर समितिले आसन्न स्थानीय तह निर्वाचनको लागि भरतपुर महानगरपालिकामा आफना आकांक्षी उम्मेदवारहरुको नामावली टुंगो लगाएको छ । नेपाली काङ्ग्रेसको तर्फबाट मेयरमा २५ जनाको र उप मेयरमा २४ जनाको मनोनयन दर्ता भएको छ ।

मेयर पदमा मनोनयन दर्ता गराउनेमा पार्टी केन्द्रीय सदस्य दिनेश कोइराला,पार्टीका निवर्तमान जिल्ला सचिव उत्तम जोशी, पूर्व सांसद जगन्नाथ पौडेल, महानगर सभापति चित्रसेन अधिकारी, भरत अधिकारी, शंकर कँडेल, तारानाथ पौडेल, रामप्रसाद अधिकारी,विजय शर्मा भुसाल, बर्तमान उप–मेयर पार्वती शाह ठकुरी ,दिर्घमान श्रेष्ठ, निलकण्ठ रिजाल,गौरी कुमारी श्रेष्ठ,मिना कुमारी खरेल,सुबोध प्रधान,शम्भुप्रसाद अर्याल,भरत गुरुङ र मिलन बाबू श्रेष्ठ, प्रकाश अधिकारी, प्रा डा केशबभक्त सापकोटा, टेक प्रसाद गुरुङ, राजेन्द्र डोटेल, डा सुर्यकान्त घिमिरे,हिरामणि अधिकारी र घनश्याम दवाडी रहेका छन् ।

यस्तै, उप–मेयर पदका लागि टकनाथ पौडेल, तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की,कल्पना पौडेल, देबेन्द्र गुरुङ, पूर्ण बहादुर गुरुङ,राजिब न्यौपाने, बिरेन्द्र केसि,भुपतिदास सापकोटा, केदारनाथ बराल,रबि भद्र शर्मा खनाल,निर्मलराज पौडेल,सुरबिर पोख्रेल,महेन्द्र श्रेष्ठ,एलिसा अधिकारी, सुर्य नाथ अधिकारी, गिता गुरुङ , बिनु रायमाझी पौडेल ,बिजय घले, गौरा खरेल अधिकारी, भोजराज कौडाल र बिदुर के सिले दाबी पेश गरेको नेपाली काँग्रेस भरतपुर महानगरका सचिव कृष्ण बगालेले जानकारी दिए ।

आइतबार बिहान ११ बजेदेखि मनोनयन दर्ता सुरू भएर आज सोमबार अपरान्न चार बजे सकिएको महानगर प्रबक्ता ईश्वर प्रभाकर श्रेष्ठले जानकारी दिए । नेपाली काङ्ग्रेसको केन्द्रीय निर्देशन र चितवन जिल्लाको परिपत्र अनुसार भरतपुर महानगरपालिकाको महानगर प्रमुख र उपप्रमुख पदको लागि मनोनयन दर्ता गरिएको हो । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको नर्विाचन गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्