रमेशराजले गुल्मी महोत्सवमा बबाल गरेपछि….



गुल्मी,चैत २७ । आज चैत २७ आइतवार अर्थात् चौथो गुल्मी महोत्सवको तेस्रो दिन । महोत्सवले सिंगारिएको तम्घासको चिदिचौर । चौरभरी स्टल र महोत्सव अबलोकन गर्न आएका हजारौं दर्शक । महोत्सवमा देश बिदेशमा ख्याति प्राप्त चर्चित लोक तथा दोहोरी गायक राधिका हमाल, रमेशराज भट्टराई, कसुल वेल्वासे, सन्तोष केसी, उज्वल गिरी, कुुसुम परियार, समिक्षा विसी लगायतका कलाकारहरुको प्रस्तुती रहको थियो ।

बिदाको दिन भएकाले दर्शकको निकै चहलपहल थियो। कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै तेस्रो गुल्मी महोत्सव गुल्मीमा चलेको चौथो गुल्मी महोत्सवको तेस्रो दिनको साँस्कृतिक कार्यक्रममा गायक रमेशराज भट्टराईलाई गुल्मीमा बहुला बनाए ।

जब साँस्कृतिक प्रस्तुति दिन महोत्सवको स्टेजमा गए तब गायक रमेशराज भट्टराईलाई गुल्मी महोत्सवमा साँस्कृतिक कार्यक्रम हेर्न गएका दर्शकले ठुलो स्वरमा हुटिङ्ग गर्दै सुरुमै बहुला गीत गाउन भन्दै थिए । तर उनले खुट्टा भए गीत सुनाए मञ्च नजिकै पुगेका दर्शकको मन थामिएन उनिसँगै नाच्नलाई जनिकै जान खोजे।

धेरै दर्शक उनकै प्रस्तुती हेर्न कार्यक्रमको अन्तिप्रहर सम्म बसेका थिए । कार्यक्रममा उनको प्रस्तुति अन्तिम चरणमा थियो त्यसैले पनि दर्शकको रोजाईमा उनि थिए ।
कार्यक्रमको उनले नथियावाली भन्ने बोलको गीत गाए । दर्शकको धेरै हुटिङ्ग आयो गायक रमेशराज दर्शक भएठाउँमै पुगेर गीत गाए ।

उनले अर्को गीत तिमी लास्टै बिउटी छउ भन्ने गीत पनि गाए दर्शकबाट उनका हेरक गीतमा साथ रहेयो । गीत गाउँदै जाँदा उनले गीतको पुरै गीत गाउँदै गए धेरै दर्शकले साथ दिए उनि झनै उत्साहि बन्दै गीत गाए । उनिको प्रस्तुतीले तम्घासको चिदिचौर झनै रमाइलो मय बनाए । सांगितिक प्रस्तुति एक पछी अर्को बवाल भो थपे झनै दर्शकले साथ दिए । उनि दर्शक भएको ठाउँमै पुगेर गीत गाए ।

दर्शदले उनलाई समाएरै गीत गाए । धेरैले टिकटक बनाए । उनले पनि दर्शकको मोइलवाटै टिकटक बनाइ दिए । गायक रमेशराजले प्रस्तुति दिँदा धेरैको मन जिते। गायक रमेशराज लोक बिधाका गीत गाउन उत्तिकै सिपालु रहेका छन् । लोक बिधासँगै उनलाई सुगम संगीतमा पनि उनि निकै लोकप्रिय गायक तथा गीतकारको रुपमा परिचित छन् । अन्तिम प्रहरमा बेहुला बनाउछु भन्थी बहुला बनाएर गई गीत गाए धैरैको नजर उनि माथी खनियो । दर्शले गीतको सबै अंस गाउँदै जाँदा सबैले साथ उत्तिकै दिए। गीत गाउँदै उनि दर्शक कहाँ पुगे गीत एक पटक सकियो दर्शकले मानेनन् पुनः फेरि गीत गाउन भने उनि फेरि उक्त गीत गाए ।

धेरै दर्शक श्रोताको मन जित्ने गायक रमेशराजलाई अन्तिम प्रहर सम्म साथ दिने दर्शलाई धन्यवाद दिँदै बिदा भए । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ सुरु भएको महोत्सव बैशाख ४ गतेसम्म चल्ने छ । महोसत्वको चौथो बद्री पंगेनी, अञ्जली अधिकारी, खेम सेनचुरी, शुसिला गौतम, सिलु भट्टराई, अर्जुन कुँवर, तिलक बस्नेत, अस्मी परियार, बसन्त लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्