नुवाकोट कांग्रेस जिल्ला समितिमा मिश्र, रिमाल र तामाङ मनोनित
नुवाकोट,चैत १८”। नेपाली कांग्रेस नुवाकोटले तीन जनालाई जिल्ला कार्यसमितिमा मनोनित गरेको छ ।
कांग्रेस जिल्ला सभापति रमेशकुमार महतले पार्टी विधान २०१७ को धारा १२ को उपधारा (५) खण्ड (ख) काे २ बमोजिम तीन जनालाई जिल्ला कार्यसमितिमा मनोनित गरेको हो ।
नव मनोनीतमा पञ्चकन्या गाउँपालिका वडा नम्बर २ का कृष्ण मिश्र, विदुर नगरपालिका वडा नम्बर ३ का बद्रिप्रसाद रिमाल र म्यागङ गाउँपालिका वडा नम्बर ३ का गणेश तामाङ रहेका छन ।