महँगीले विश्व अर्थतन्त्रमा बढ्दैछ मन्दीको जोखिम
वाशिङ्टन डीसी (अमेरिका),चैत १५ । युक्रेनमा रुसले गरेको आक्रमण, आकाशिएको महँगी र तीव्र दरमा ब्याजदर बढाउने केन्द्रीय बैंकहरुको नीति पछिल्लो समय विश्वको अर्थतन्त्रले सामना गरिरहेको केही अवरोध हुन् । यी कारणले गर्दा विश्व अर्थतन्त्र मात्रै होइन अमेरिकी अर्थतन्त्रमा आइरहेको पुनःबहालीमा धरापमा परेको छ ।
अहिले कम्तिमा पनि अमेरिकी अर्थतन्त्र आगामी १२ महीनाभित्र आर्थिक मन्दीमा जाने सम्भावना एक तिहाई छ भन्छन् मूडिज एनालिटिक्सका प्रमुख अर्थशास्त्री मार्क जान्डी । ‘आर्थिक मन्दीको जोखिम असहज तवरले उच्च रहेको छ, र यो उभो लाग्दैछ,’ उनले भने ।
रुसले युक्रेनमा आक्रमण गर्नु अघि इन्धनको भाउ र समग्रमा महँगी यही बसन्तमा घट्छ भन्ने आशा गरिएको थियो । तर अहिले पेट्रोल, खाद्यान्न, धातु र अन्य कच्चा पदार्थको भाउमा भइरहेको तीव्र वृद्धिका कारण महँगीको परिदृश्य झनै कालो अँध्यारो बनेको उनले बताए ।
आगामी एक वर्षमा अमेरिकी अर्थतन्त्र मन्दीमा जाने सम्भावना बढेर ३५ प्रतिशतको उच्च स्तरसम्म उक्लिएको यही महीनाको शुरुमा अमेरिकी बहुराष्ट्रिय लगानी बैंक गोल्डम्यान श्याख्स् बताएको थियो । मुद्रास्फीतिको अवस्था खराब हुँदै गयो भने महँगीलाई स्वस्थ स्तरमा झार्न अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ बाध्य हुन सक्छ ।
गत महीना अमेरिकामा उपभोक्ता मूल्य ७ दशमलव ९ प्रतिशत उक्लिएको छ । १२ महीने मुद्रास्फीतिमा भएको यो विगत ४० वर्षयताकै उच्च वृद्धि हो । उक्त तथ्यांकले रुसले युक्रेनमा आक्रमण गरेपछिको वास्तविक अवस्थाको चित्रण गरेको छैन ।
युक्रेनमाथिको आक्रमण महँगी बढिरहेको छ । यसलाई नियन्त्रण गर्न फेडले आक्रामक रुपमा ब्याजदर बढाउने जान्डी बताउँछन् । फेडले एक पछि अर्को गर्दै सन् १९९४ यता ब्याजदर बढाएको छैन ।
तर आगामी दुई महीनामा फेडले ५० आधार बिन्दुले ब्याजदर बढाउने अनुमान बढेको छ । फेडले जति धेरै ब्याजदर बढायो उनी नै धेरै अमेरिकी अर्थतन्त्र मन्दीमा जान सक्ने जान्डीको भनाइ छ ।