शिवपुरीमा भोलिदेखि निशुल्क हाइड्रोसिलको अप्रेसन हुने
नुवाकोट,चैत १३ । शिवपुरी गाउँपालिकामा भोलि सोमबारदेखि हाइड्रोसिलको उपचार हुने भएको छ ।
गाउँपालिकास्थित स्वास्थ्य कार्यालयमा हाइड्रोसिलको निशुल्क अप्रेसन हुने शिवपुरीस्थित स्वास्थ्य शाखाका प्रमुख उद्धब कार्कीले बताए ।
अप्रेसनका लागि त्रिशुली अस्पतालका सर्जन डाक्टर आउने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कार्कीले बताए ।
के हो हाइड्रोसिल?
परिचय:-
अण्डकोष ( testis) को tunica vaginalis मा सामन्यभन्दा बढी मात्रामा पानी (serous fluid) जम्मा भइ testis ठुलो हुने अवस्थालाई हाइड्रोसिल(Hydrocele) भनिन्छ।
कारणहरु:-
Testis को Tunica vaginalis मा fluid जम्मा भएर हुने गर्दछ। जुन निम्न कारणले हुने गर्दछ।
Filariasis (हात्तिपाइले)
Scorotum TB (Scorotum को TB)
Hernia (हर्निया)
Inflammation due to trauma or injury
unknown (थाहा नभएको )
प्रकारहरु:-
1.Congenital Hydrocele
यसप्रकारको हाइड्रोसिल मा peritoneal cavity र tunica vaginalis बिच बाटो खुल्ला हुन्छ,जस्ले गर्दा उभिदा peritoneal fluid tunica vaginalis मा आइ testis सुनिन्छ र सुत्दा आफै हराउछ।
2.Acquired Hydrocele
यो दुई प्रकारको हुन्छ:-
1.primary or idiopathic:कारण unknown
2.secondary:- अन्य रोगका कारणबाट हुने hydrocele.
1.primary hydrocele:- यसको खास कारण थाहा हुन सकेको छैन । यो निम्नप्रकारको हुन्छ।
vaginal hydrocele
Congenital hydrocele
Infantile hydrocele
Encysted hydrocele
लक्षण तथा चिन्हहरु:-
Scrotal swelling (सुन्निनु)हुनु,
पेटको तल्लो भाग र ढाडमा dragging pain(तानेको जस्तो) हुनु,
Transillumination test positive हुनु ( testis को एक छेउमा लाइट बाल्दा अर्को छेउमा रातो प्रकाश देखिनु,
Fluctuation test positive हुनु (testis लाई समातेर औंला वा हातले एकातर्फ धक्का दिदा त्यसको धक्का महसुस अर्को छेउमा पनि थहा हुनु)
Cough impulse negative
उपचार (Treatment)
१.यसको प्रमुख उपचार fluid बाहिर निकाल्नु हो। यसको लागि बिरामीलाई अस्पताल पठाउने।
२. अस्पतालमा Hydrocele लाई निम्नरुपमा उपचार गरिन्छ:-
Aspiration (trapping):-पानी तानेर फाल्ने,
Excision of the whole or part of the sac :- sac फाल्ने,
Eversion of sac(jaboulay’s operation):-sac उल्टाउने
कारणअनुसार उपचार गर्ने,
Symptomatic treatment
जटिलता
१. फुट्नु (Rupture)
२.रगत जम्नु(Haematocele)
३.पिप जम्नु( pyocele)
४.झिल्ली कडा हुनु (calcification of tunica vaginalis)
५. अण्डकाेष सानो हुनु( Atrophy of the testis)