भैरहवामा १२ करोडको नयाँ खेल मैदान बन्दै



भैरहवा,चैत १२ । सिद्धार्थनगर नगर पालिकाले नयाँ खेल मैदान बनाउन सुरु गरेको छ । करिब १२ करोडको लागत अनुमानसहित बिस्तृत परियोजना बनाएर बहुवर्षिय कार्यक्रम अन्तर्गत खेल मैदान निर्माण सुरु भएको हो । शनिबार एक कार्यक्रमका बीच सिद्धार्थनगर नगर पालिकाका प्रमुख हरि प्रसाद अधिकारीले उद्घाटन गरेका छन्।

लागत अनुमान १ करोड ७६ लाख २७ हजार ४ सय ८५ रुपैया लागत अनुमान गरिएको पहिलो चरणको निर्माणमा ९७ लाख ३४ हजार २ स १९ रुपैयामा टेन्डर भै ९५ लाख ३५ हजार ४ सय ७४ भुक्तानी भएको नगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन अर्यालले जानकारी दिए । यस्तै दोश्रो चरणमा १ करोड ३० लाख १० हजार २ सय ४ रुपैया लागत अनुमान गरेकोमा मा ७६ लाख ९५ हजार ७ सय २८ रुपैयाको टेण्डर भै काम चालु रहेको छ ।

सिद्धार्थनगर नगर पालिका वडा नम्बर ३ डण्डा खोलाको किनारमा रहेको खेल मैदान पौने ४ बिघा क्षेत्रफलमा फैलिएको छ । फूटबल मैदान बनाउने लक्ष्य रहेको मैदानमा प्याराफिट, दक्षिण तर्फ बगैँचा लगयतको संरचना निर्माण गरिने अर्यालले जानकारी दिए । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर पालिकाका प्रमुख हरि प्रसाद अधिकारीले खेलमा नगरपालिकाले उल्लेख्य बजेट छुट्टयाएको बताए ।

खेलाडीलाइ कुनै समस्या परे नगरपालिकाले छुट्टै कोष निर्माण गरेको उनले बताए । ३ नम्बर वडा अध्यक्ष थानेश्वर घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन शेखर पन्थीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्