अमेरिकी अर्थतन्त्र र श्रम बजारको लोभ लाग्दो ‘कमब्याक’, बेरोजगारको संख्या ५३ वर्षयताकै कम
वाशिङ्टन,चैत १२ । अमेरिकामा बेरोजगारी भत्ता दाबी गर्नेको संख्या सन् १९६९ यताकै न्यून स्तरमा आएको छ । गत हप्ता जम्मा १ लाख ८७ हजार व्यक्तिले मात्रै बेरोजगारी भत्ताका लागि आवेदन दिएको श्रम मन्त्रालयले बताएको छ ।
यो अघिल्लो हप्ताको तुलनामा २८ हजार कम हो । यसले कोरोना भाइरसको महामारी शुरु भएयता अमेरिकी श्रम बजारमा आएको सुधारतर्फ औंल्याएको छ । यो अवस्थालाई सामाजिक सञ्जालमा धेरैले उक्त वर्ष भएका ऐतिहासिक घटनाहरुसँग जोडेर उल्लेख गरिरहेका छन् ।
दुई वर्ष अघि संक्रमण नियन्त्रण गर्न बन्दाबन्दी गरिँदा अमेरिकामा साप्ताहिक बेरोजगार संख्या कीर्तिमानी स्तरमा उक्लिएको थियो । त्यति बेला बेरोजगारी भत्ता दाबी गर्नेको संख्या ६० लाख नाघेको थियो ।
सरकारले ल्याएको बृहत कोभिड राहत योजना र स्टिमुलस कार्यक्रमका कारण अर्थतन्त्रमा क्रमिक सुधार आएको छ । अमेरिकी अर्थतन्त्र र श्रम बजारमा आएको सुधारले अधिकांश विश्लेषकहरुलाई पनि अचम्भित तुल्याएको छ ।
गत वर्ष अमेरिकी आर्थिक वृद्धिदर ५ दशमलव ७ प्रतिशतले बढेको थियो भने रोजगारी सृजना पनि स्वस्थ दरमा बढिरहेको छ । गत महिना मात्रै ६ लाख भन्दा धेरै रोजगारी सृजना भएको थियो । बेरोजगारी दर घटेर ३ दशमलव ८ प्रतिशतमा आएको छ । आर्थिक अभियानबाट