नेपाल पीएनजीसँग ६ रनले पराजित : रोहितको कीर्तिमानी शतक



काठमाडौं,चैत ११ । नेपालका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले कीर्तिमानी शतक प्रहार गरेको खेलमा नेपाल पराजित भएको छ।

शुक्रबार कीर्तिपुर क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय खेलमा रोहितले कीर्तिमानी शतक प्रहार गरेका हुन । यो नेपालका लागि दोस्रो एकदिवसीय शतक हो। पीएनजी विरुद्धको खेलमा पौडेलले १०७ बल खेल्दा ७ चौका र ४ छक्काको मद्दतमा १२६ रन बनाएका हुन । नेपालका लागि एकदिवसीय खेलको पहिलो कीर्तिमानी शतक पारस खड्काको नाममा छ।

रोहितले कीर्तिमानी शतक प्रहार गरेको खेलमा नेपाल पीएनजीसँग ६ रनले पराजित भएको छ। पाहुना टोली पपुवा न्युगिनीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपाल २८६ रनमा समेटियो। पूरै ५० ओभर खेल्दै आठ विकेटको क्षतिमा नेपालले २८६ रन बनाएको हो।

शुक्रबारको खेलमा बलिङमा कमजोर देखिएको नेपालका लागि कमल ऐरी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीले समान दुईदुई विकेट लिएका थिए । कप्तान सन्दीप लामिछाने र आरिफ शेखले भने एकएक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्