युक्रेनमा जारी युद्धमा हालसम्म १५ हजार रुसी सैनिक मारिएको नेटोको दाबी
एजेन्सी,चैत १० । युक्रेनमा जारी युद्धमा हालसम्म १५ हजार रुसी सैनिक मारिएको नेटोको दाबी रहेको छ । नेटोको एक वरिष्ठ अधिकारीले एक अन्तरराष्ट्रिय सञ्चारमाध्यमलाई दिएको जानकारीमा युक्रेनमाथि रुसको हमलाको एक महिनामा १५ हजार रुसी सैनिक मारिएको बताएका हुन् ।
अधिकारीले ३० हजारदेखि ४० हजार रुसी लडाकू घाइते भएको हुनसक्ने अनुमान गरिएको पनि बताएका छन् । तर रुसले गत २ मार्चदेखि हालसम्म यो हमलामा कतिजना मारिए भनेर अहिलेसम्म कुनै पनि आधिकारिक तथ्याङ्क भने जारी गरेको छैन ।
यता युक्रेन पनि आफ्ना मारिएका व्यक्तिको आँकडाको विषयमा अझै अस्पष्ट छैन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दुई हप्ता अघि १३ सय युक्रेनी सैनिक युद्धमा मारिएको बताएका थिए ।