नेपाल खेलकुद महासंघ अर्घाखाँचीमा हेनरी
अर्घाखाँची,चैत ९ । नेपाल खेलकुद महासंघ अर्घाखाँचीको दोस्रो जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
अधिवेशनले हेनरी बस्नेतको अध्यक्षतामा ४७ सदस्यीय नयाँ कर्यसमितिको चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा लालबहादुर घम,शकुन्तला अधिकारी, सचिव सागर मरासिनी,सहसचिव प्रकाश महत, अमृत थापा र कोषाध्यक्षमा सुन्दरा न्यौपाने रहेका छन् ।
अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले खेलकुदको बिकासमा राज्यको उचित ध्यान पुग्न नसकेको बताए । जिल्लाको बिकट क्षेत्रमा रहेका प्रतिभासाली खेलाडीहरुलाई अगाडि बढाउन खेलकुद महासंघले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने उनको भनाइ थियो । भुसालले वर्तमान सरकारका कारण सिङ्गो मुलुक गम्भीर संकटमा फसेको भन्दै उहाँले सरकारको खारेजी नै अहिलेको अपरिहार्य आबस्यकता भएको बताए ।