ताइवानमा गयो ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प
सिन्ह्वा, चैत ९ । ताइवानको ताइतुङ काउन्टीमा बुधबार बिहान १ः४१ मा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको चीनको भूकम्प सञ्जाल केन्द्र (सीईएनसी) ले जनाएको छ । २० किलोमिटर गहिराइमा रहेको उक्त केन्द्रबिन्दु २३.४५ डिग्री उत्तर अक्षांश र १२१.५५ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले जनाएको छ ।
ताइवानको मौसम विज्ञान एजेन्सीका अनुसार बुधबार बिहान पूर्वी ताइवानमा भूकम्पको शृंखलाका कारण टापुभरि भूकम्पको धक्का महसुस गरिएको थियो ।
हालसम्म यस भूकम्पको ताइतुङ काउन्टीमा एक जना सामान्य घाइते भएका मात्र समाचार प्राप्त भएको छ । भूकम्पका धक्काहरुका कारण विद्युत अवरुद्ध भएको जनाइएको छ ।