वाग्मती प्रदेश बन्यो हाप्किडोको राष्ट्रिय च्याम्पियन
प्युठान,चैत ८ । पाँचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिपको उपाधी बागमती प्रदेशले जितेको छ । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ प्युठानको आयोजना तथा माण्डवी गाउँपालिका प्युठानको आर्थिक सहयोगमा जसपुरमा भएको प्रतियोगितामा बागमती प्रदेश ५ स्वर्ण, १ रजत र ३ काश्य पदकका साथ नयाँ च्याम्पियनका रुपमा उदाएको हो।
प्रतियोगितामा ४ स्वर्ण, ८ रजत र १४ काश्य पदक जित्दै लुम्बिनी प्रदेश दोस्रो भएको छ भने ३ स्वर्ण र २ काश्यसहित कर्णाली प्रदेश तेस्रो बन्न सफल भएको छ । पुरुषतर्फ अनुस महरा र महिलातर्फ शान्ति पौडेल उत्कृष्ट खेलाडी भए । नेपाल पुलिस स्कुलका गुमान घर्तीमगर उत्कृष्ट रेफ्रि घोषित भए ।पुरुषतर्फ विजेश थापामगर र महिलातर्फ चादनी खत्री बेस्ट अनुशासन खेलाडी घोषित भइन । ३ दिनसम्म चलेको प्रतियोगितामा सात प्रदेश र नेपाल प्रहरी स्कुलबाट गरि १० हजार खेलाडीको सहभागीता रहेको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा विजयी टोली तथा खेलाडीलाई माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकामगर, नेपाल मार्शल आर्ट्स हाप्किडो संघ तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्तीमगर, केन्द्रीय सहायक प्रमुख प्रशिक्षक भुवन बुढामगर र प्रबिण गुरुङले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए।